Monday, June 1, 2026

‘बहकावमा लेखिएको नीति कार्यक्रमबाट ७ प्रतिशत वृद्धि सम्भव छैन’ - सांसद रञ्जित कर्ण


काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा रहेको टिप्पणी गर्दै ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य अव्यावहारिक भएको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको लक्ष्य वर्तमान आर्थिक अवस्थासँग मेल नखाने दाबी गरे ।

सांसद कर्णका अनुसार ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा ३५ प्रतिशत बराबरको लगानी आवश्यक पर्नेछ, तर अहिलेको आर्थिक परिवेशमा त्यस्तो लगानी जुटाउन कठिन हुने उनले बताए ।

उनले सरकारमाथि ठूला घोषणा गर्ने तर विकास खर्च प्रभावकारी रूपमा गर्न नसक्ने पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाए । साथै, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रत्येक तीन महिनामा क्षेत्रगत उत्पादन तथा खर्चको प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने व्यवस्था गर्न सुझाव दिए ।

प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै उनले सांसदहरूले प्रधानमन्त्रीसँग सहज रूपमा भेट्न नपाउने अवस्था लोकतान्त्रिक अभ्यासअनुकूल नभएको बताए ।

कर्णले सहकारी संकट समाधानका लागि सरकारले ल्याएको योजनाप्रति पनि असन्तुष्टि व्यक्त गरे । प्रारम्भिक रूपमा योजना पीडितमैत्री देखिए पनि दीर्घकालीन रूपमा यसले नकारात्मक असर पार्न सक्ने उनको चेतावनी थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like