- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ४ फागुन । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा परराष्ट्रमन्त्री शर्मालाई उक्त कार्यक्रममा सहभागी हुन पठाउने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।
सोही कार्यक्रमका लागि परराष्ट्रमन्त्री शर्मा आजै बंगलादेशको राजधानी ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
हालै सम्पन्न आमनिर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी)ले दुईतिहाइ बहुमत हासिल गरेको थियो। पार्टीका अध्यक्ष तारिक रहमान मंगलबार प्रधानमन्त्री पदको सपथ लिँदैछन्।
सपथ ग्रहण समारोहलाई बंगलादेशको नयाँ राजनीतिक यात्राको औपचारिक सुरुआतका रूपमा हेरिएको छ।