- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। उनले हालको परिस्थितिमा मन्त्रीले “मार्ग प्रशस्त गर्नु उपयुक्त हुने” बताएका हुन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साम्पाङले गृहमन्त्रीसँग जोडिएका पछिल्ला विवाद र चर्चाका कारण सरकारको छवि प्रभावित भएको टिप्पणी गरे। उनका अनुसार, बारम्बार विभिन्न प्रकारका समाचार र आरोपहरू सार्वजनिक भइरहेकाले यस्तो अवस्थामा पदमै बस्नु उचित नहुन सक्छ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्रीको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।
सोही विषयलाई संकेत गर्दै साम्पाङले भने, “उहाँको बारेमा जहिल्यै नयाँ–नयाँ कुरा सुनिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्तामा दुई–तीन पटक नै विभिन्न कुरा आइरहन्छन्, त्यसैले मार्ग प्रशस्त गर्नु नै उचित हुन्छ।”
उनले आफू सरकारको नजिक रहेर प्रश्न उठाउने र आवश्यक पर्दा आलोचनात्मक सहयोगी भूमिकामा रहने पनि स्पष्ट पारे।