Sunday, May 31, 2026

अन्तिम कारोबार दिन नेप्सेमा हरियाली, साताभरको बजार सकारात्मक हुँदै बन्द


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य सुधारसहित सकारात्मक बनेर बन्द भएको छ ।

मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अंकले वृद्धि हुँदै २७४५.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । गत साता बजार २७३८.७२ अंकमा रहेको थियो । अन्तिम दिनको उछालसँगै साताभरको कारोबार समग्रमा करिब ७ अंकले सकारात्मक बनेको छ ।

शेयर बजार खुलेदेखि नै सकारात्मक लयमा देखिएको थियो । कारोबार रकम पनि उत्साहजनक रहँदा दिनभरिमा ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच भएका छन् । कुल ५३ हजार १४ पटकको कारोबारबाट ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । कारोबार भएका कम्पनीमध्ये २३५ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने २६ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बजारका सबै समूह सूचकमा हरियाली देखिएको छ । यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्यमा सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर मूल्य ७.९० प्रतिशत तथा सूर्यकुण्ड हाइड्रोपावरको ६.१२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा होटल फरेस्ट इन अग्रस्थानमा रह्यो । कम्पनीको १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख रुपैयाँ र सोलु हाइड्रोको १२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like