- by समाचार कक्ष
- Mar 06, 2025
वासिङ्टन डीसी। अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गर्दै आएको ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत हालसम्म करिब ६ हजार लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। यो तथ्य अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेंटकम) ले सार्वजनिक गरेको हो।
सेंटकमका अनुसार आक्रमणमा इरानका करिब ६० जहाज र ३० माइन्स बिछ्याउने जहाजलाई क्षति पुर्याइएको वा पूर्ण रूपमा नष्ट गरिएको छ। त्यसैगरी, सैन्य कमाण्ड केन्द्र, हतियार निर्माण कारखाना, ब्यालिस्टिक मिसाइल साइट, पनडुब्बी र हवाई प्रतिरक्षा प्रणाली पनि अमेरिकी आक्रमणको निशानामा परेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सुरुवाती हवाई आक्रमणका क्रममा इरानको एक विद्यालयमा बम खसेको हुनसक्ने आशङ्का गरिएको छ। प्रारम्भिक अनुसन्धानले अमेरिकी सेनाको आक्रमणबाट अनजानेमा विद्यालयमा क्षति पुगेको संकेत देखाएको भए पनि, अन्तिम निष्कर्ष भने अझै पत्ता लागिसकेको छैन।