- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १ फागुन - नेपाली कांग्रेस ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ।
पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार-प्रसार समिति संयोजक देवराज चालिसे ले आइतबार घोषणापत्र सार्वजनिक गरिने जानकारी दिएका छन्। कांग्रेसले यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ।
प्रतिज्ञा पत्र सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिने प्रवक्ता चालिसेले बताएका छन्।
कांग्रेसले निर्वाचन लक्षित आफ्नो प्रतिबद्धता र भावी कार्यदिशा उक्त कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।