मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

युद्धको तनावबीच ट्रम्पको घोषणा : इरानी फुटबल टोलीलाई विश्वकपका लागि अमेरिकामा स्वागत

स
समाचार कक्ष
२०२६ मार्च ११
7
0
युद्धको तनावबीच ट्रम्पको घोषणा : इरानी फुटबल टोलीलाई विश्वकपका लागि अमेरिकामा स्वागत
सारांश
काठमाडौं, २७ फागुन - इरान र इजरायल-अमेरिका बीचको बढ्दो सैन्य तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी ...

काठमाडौं, २७ फागुन - इरान र इजरायल-अमेरिका बीचको बढ्दो सैन्य तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन्।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ट्रम्पसँग भएको भेटबारे जानकारी दिँदै यस्तो सन्देश सार्वजनिक गरेका हुन्। उनका अनुसार वासिङ्टनमा भएको भेटमा सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकपको तयारी र सुरक्षाका विषयमा विस्तृत छलफल भएको थियो।

इरानले आगामी विश्वकपका लागि यसअघि नै छनोट चरण पार गरिसकेको छ। यद्यपि मध्यपूर्वमा बढ्दो तनाव र सैन्य कारबाहीका कारण प्रतियोगितामा इरानी टोलीको सहभागिताबारे विभिन्न अड्कलबाजी भइरहेका थिए।

इन्फान्टिनोका अनुसार राष्ट्रपति ट्रम्पले खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्ने धारणा व्यक्त गर्दै इरानी टोलीलाई अमेरिकामा प्रतिस्पर्धा गर्न कुनै अवरोध नहुने स्पष्ट पारेका छन्।

“छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इरानी टोलीलाई संयुक्त राज्य अमेरिकामा प्रतिस्पर्धा गर्न स्वागत गरिने बताउनुभयो,” इन्फान्टिनोले सामाजिक सञ्जालमा लेखेका छन्।

युद्धको तनावपूर्ण वातावरणका बीच आएको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय खेलकुद जगत्मा केही सकारात्मक सन्देश र आशा जगाएको टिप्पणी गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार