मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन जना

meronepaltv
meronepaltv
1 दिन अगाडि
91
0
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन जना
सारांश

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट बरामद गरिएको २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट बरामद गरिएको २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विनलाई सार्वजनिक गरेको हो। उनीहरूलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठमा भाडामा लिएको घरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उक्त घरलाई सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गरिएको थियो। घरबाट सुन गाल्न प्रयोग हुने मेसिनसमेत बरामद गरिएको छ।

बरामद सुनमध्ये तयारी अवस्थामा रहेका ११ वटा टुक्रामा १० किलो ९९७ ग्राम ठोस सुन रहेको छ भने प्लास्टिकमा राखिएको १० किलो ७५२ ग्राम अर्धठोस सुन फेला परेको छ। दुवै गरी कुल २१ किलो ७५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार