मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

२१ वर्षपछि लावाङ फर्किए प्रचण्ड: पार्टी शुद्धीकरण र जनयुद्धको सम्झना

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १३
7
0
२१ वर्षपछि लावाङ फर्किए प्रचण्ड: पार्टी शुद्धीकरण र जनयुद्धको सम्झना
सारांश
काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २१ वर्षपछि रुकुम पूर्वको लावाङ पुगेका छन्। जनयुद्धको ३०औँ वार्षिकोत्सवका अवसरमा ...

काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २१ वर्षपछि रुकुम पूर्वको लावाङ पुगेका छन्। जनयुद्धको ३०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले विगतका घटनाहरू स्मरण गर्दै पार्टीको ऐतिहासिक यात्रा सम्झिए।

लावाङ त्यही स्थान हो, जहाँ २०६१ सालमा पार्टी नीति विपरीत समाचार प्रकाशनको आरोपमा डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो। प्रचण्डले लावाङ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रबिचको गहिरो सम्बन्धको स्मरण गर्दै पार्टी शुद्धीकरण र सुदृढीकरणमा यस गाउँले खेलेको महत्वपूर्ण भूमिका उल्लेख गरे।

“२१ वर्षअघिको परिस्थिति अर्कै थियो। पार्टीभित्रको समस्याका कारण केही साथीसँगै बाहिर प्रतिक्रियावादीलाई खुसी पार्ने खालका समाचार लेखिए। त्यसैकारण हामीले पार्टीलाई बचाउन र शुद्ध बनाउन वरिष्ठ नेता कमरेड बाबुराम भट्टराईलाई कारबाही गर्नु परेको थियो,” प्रचण्डले भने।

उहाँले त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर माओवादी विरुद्ध कडा दमन नीति अघि बढाएको कुरा पनि स्मरण गरे। माघ १९ को ऐतिहासिक घटनाबारे पनि उनले लावाङमा बैठक बस्दाबस्दै चर्चा गरे।

प्रचण्डले लावाङबासीलाई ऐतिहासिक र महान् जनता भने र यस पटक आफू यही जिल्लामा उम्मेदवारको रूपमा खडा भएकाले सबैसँग साक्षात्कार गर्ने लक्ष्य रहेको बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार