मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

उदयपुरमा १८२ किलो गाँजासहित ब्राउन सुगरजस्तो पदार्थ र लागूऔषध बरामद

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
6
0
उदयपुरमा १८२ किलो गाँजासहित ब्राउन सुगरजस्तो पदार्थ र लागूऔषध बरामद
सारांश
उदयपुर प्रहरीले ठूलो परिमाणमा गाँजासहित ब्राउन सुगरजस्तो देखिने पदार्थ, लागूऔषधका ट्याब्लेट तथा क्याप्सुल र एउटा मोटरसाइकल बरामद गरेको छ। असोज ५ गते र...


उदयपुर प्रहरीले ठूलो परिमाणमा गाँजासहित ब्राउन सुगरजस्तो देखिने पदार्थ, लागूऔषधका ट्याब्लेट तथा क्याप्सुल र एउटा मोटरसाइकल बरामद गरेको छ।

असोज ५ गते राति करिब ७ः३० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका–६ स्थित भुसुने जंगलको झाडीबाट ९ वटा बोरामा राखिएको १८२ किलो गाँजा बरामद गरेको हो। प्रहरीले गाँजा बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।

त्यस्तै, सोही दिन दिउँसो बेलका नगरपालिका–४ लचकामा चेकजाँचका क्रममा बा.६२ प १८२० नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ। प्रहरीलाई देखेपछि चालक मोटरसाइकल छाडेर फरार भएका थिए।

मोटरसाइकल खानतलासी गर्दा २.७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, २० ट्याब्लेट नाट्राजेपाम र १ हजार ५१० क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।

फरार चालकको खोजी भइरहेको छ भने दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कटारी र रामपुर ठोक्सिलाले जनाएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार