मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

उत्तराखण्डको भीषण बाढीमा धादिङका चारजना बेपत्ता, अन्य १८ भन्दा बढी नेपालीको खोजी जारी

स
समाचार कक्ष
२०२५ अगस्ट ८
4
0
उत्तराखण्डको भीषण बाढीमा धादिङका चारजना बेपत्ता, अन्य १८ भन्दा बढी नेपालीको खोजी जारी
सारांश
भारतको उत्तराखण्ड राज्यको धराली बजार क्षेत्रमा साउन २० गते आएको भीषण बाढीमा परेर धादिङका चार जना नेपाली नागरिक बेपत्ता भएका छन्। ज्वालामुखी गाउँपालिका...

भारतको उत्तराखण्ड राज्यको धराली बजार क्षेत्रमा साउन २० गते आएको भीषण बाढीमा परेर धादिङका चार जना नेपाली नागरिक बेपत्ता भएका छन्। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ बेपत्ता भएको पुष्टि धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले गरेका छन्।

“बेपत्ताहरूका परिवारजनले जानकारी गराएपछि हामीले विभिन्न माध्यममार्फत खोजी सुरु गरेका छौं,” प्रजिअ घिमिरेले बताए। बेपत्ताहरू उत्तराखण्डको धराली क्षेत्रमा मजदुरी गर्दै आएका थिए।

उक्त बाढीले ठूलो भौतिक र मानवीय क्षति पु¥याएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। बाढीका कारण दर्जनौँ घर, पसल र पूर्वाधार बगाएका छन् भने स्थानीय तथा विदेशी मजदुरहरू समेत प्रभावित भएका छन्।

यसैबीच, जाजरकोट, बाँके, जुम्ला र रुकुम जिल्लाका गरी १८ भन्दा बढी नेपाली नागरिक पनि उत्तराखण्डको विभिन्न स्थानमा बेपत्ता भएको जानकारी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले दिएका छन्। उनीहरू सबै मजदुरीका लागि भारत गएका थिए।

बेपत्ताहरूको खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय भइरहेको धादिङ प्रशासनले जनाएको छ। खोजी तथा उद्दार कार्य जारी रहेको र थप विवरणहरू प्राप्त भएसँगै जानकारी दिने प्रशासनले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार