मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

उदयपुरमा एकै रात १ हजार ४० केजीभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
67
0
 उदयपुरमा एकै रात १ हजार ४० केजीभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ
सारांश

उदयपुरमा प्रहरीले गाँजा ओसारपसारविरुद्ध गरेको कारबाहीका क्रममा एकै रात दुई छुट्टाछुट्टै स्थानबाट १ हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको ...

उदयपुरमा प्रहरीले गाँजा ओसारपसारविरुद्ध गरेको कारबाहीका क्रममा एकै रात दुई छुट्टाछुट्टै स्थानबाट १ हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ। घटनामा एक युवक पक्राउ परेका छन् भने गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो गाडीबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको हो। आइतबार राति करिब २ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले गाडी जाँच गर्दा गाँजा फेला पारेको थियो।

त्यसैगरी, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट थप १०० केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। आइतबार राति करिब १०ः२० बजे गरिएको कारबाहीका क्रममा गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राई पक्राउ परेका हुन्। उनलाई तीनतलेबाट सिरहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ भने बोलेरो गाडीबाट गाँजा बरामद भएको घटनामा पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार