मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दुर्गा प्रसाईंको आह्वान : ‘राजपरिवार आफैं आन्दोलनमा’ भन्दै फागुन १६ भित्र काठमाडौं आउन अपिल

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २६
6
0
दुर्गा प्रसाईंको आह्वान : ‘राजपरिवार आफैं आन्दोलनमा’ भन्दै फागुन १६ भित्र काठमाडौं आउन अपिल
सारांश
काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं ले फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका नागरिकलाई सार्वजनिक अपिल गरेका छन्। उनले ...

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका नागरिकलाई सार्वजनिक अपिल गरेका छन्। उनले राजपरिवारका सदस्यहरू स्वयं राष्ट्र, धर्म र नागरिकको हितका लागि सडक आन्दोलनमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै प्रसाईंले राजसंस्थासँग सम्बन्धित व्यक्तिहरू राष्ट्रको रक्षा र धार्मिक संरक्षणका मुद्दामा सक्रिय रूपमा अघि बढ्न लागिरहेको उल्लेख गरेका छन्। उनले वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गर्दै देशलाई संकटतर्फ जानबाट जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

प्रसाईंले राष्ट्र, धर्म र नागरिक सुरक्षालाई साझा जिम्मेवारीको विषय भएको उल्लेख गर्दै फागुन १६ भित्र काठमाडौंमा भेला भई तन, मन र वचनले सहभागिता जनाउन सबैमा आह्वान गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार