मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, पोखराबाट पक्राउपछि काठमाडौंमा छोडियो

स
समाचार कक्ष
२०२६ जनवरी २०
6
0
दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, पोखराबाट पक्राउपछि काठमाडौंमा छोडियो
सारांश
६ माघ, काठमाडौं - मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ परेका प्रसाईं...

६ माघ, काठमाडौं - मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याइएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न निर्देशन दिएको हो।

सरकारी वकिलको आदेशपछि प्रसाईंलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। प्रसाईंले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप लगाएका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार