मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

१३ दिनपछि रिहा भएका रमेश लेखकको चेतावनी—‘प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ’

स
समाचार कक्ष
२०२६ अप्रिल १०
7
0
१३ दिनपछि रिहा भएका रमेश लेखकको चेतावनी—‘प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ’
सारांश
पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले लगाइएको आरोपका आधारमा १३ दिनसम्म थुनामा राखिएको दाबी गरेका छन्। भदौ २३ र २४ गतेका...

पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले लगाइएको आरोपका आधारमा १३ दिनसम्म थुनामा राखिएको दाबी गरेका छन्। भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण, अप्रमाणित र पूर्वाग्रहयुक्त रहेको उनको भनाइ छ।

रिहापछि प्रतिक्रिया दिँदै उनले उक्त प्रतिवेदनकै आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाइएको र अन्यायपूर्ण रूपमा नियन्त्रणमा राखिएको बताएका हुन्।

लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने सर्वसाधारण, कानुन व्यवसायी, मानवअधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। उनले कानुनी लडाइँमा साथ दिने सबैप्रति विशेष धन्यवाद दिएका छन्।

साथै, उनले आफूलाई रिहा गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै न्याय प्रणालीप्रति विश्वास रहेको उल्लेख गरेका छन्।

उनले अन्त्यमा कानुनको पालना गर्ने प्रतिबद्धता जनाउँदै अब पनि कानुनी र राजनीतिक रूपमा आफ्नो लडाइँ जारी रहने स्पष्ट पारेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार