मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दाइजोविरुद्ध उपसभामुखको कडा सन्देशः ‘लिनु–दिनु मात्र होइन, स्वीकार्नु पनि अपराध’

स
समाचार कक्ष
२०२६ अप्रिल १६
5
0
दाइजोविरुद्ध उपसभामुखको कडा सन्देशः ‘लिनु–दिनु मात्र होइन, स्वीकार्नु पनि अपराध’
सारांश
३ वैशाख, काठमाडौं - उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध कडा धारणा सार्वजनिक गर्दै यसले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर असर पार्न...

३ वैशाख, काठमाडौं - उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध कडा धारणा सार्वजनिक गर्दै यसले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर असर पार्ने बताएकी छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले दाइजो लिनु वा दिनु मात्र नभई, त्यसमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता समारोहमा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत कानुनी रूपमा दण्डनीय रहेको उल्लेख गरिन्।

उनका अनुसार, दाइजो प्रथाले समाजमा लैंगिक असमानता बढाउने मात्र नभई महिलाको अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ। उनले यस्तो कुप्रथाविरुद्ध उभिन व्यक्तिगत तहबाटै परिवर्तनको सुरुवात गर्नुपर्नेमा जोड दिइन्।

“यदि हामी समाज परिवर्तन र देश विकासको कुरा गर्छौं भने त्यसको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्छ,” उनले भनिन्, “सानो प्रयासले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।”

उपसभामुख ठाकुरले आफूले पाएका विवाहका निम्तोपत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नदेखिएकोप्रति असन्तुष्टि जनाउँदै दाइजोसम्बन्धी लेनदेन भएका विवाहमा सहभागी नहुने स्पष्ट गरिन्।

उनले सबैलाई दहेजमुक्त, समानतामूलक र सभ्य विवाह संस्कृतिको अभ्यास गर्न आग्रह समेत गरेकी छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार