मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दाहसंस्कारपछि नुहाउन गएका वृद्धलाई खोलाले बगायो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
5
0
दाहसंस्कारपछि नुहाउन गएका वृद्धलाई खोलाले बगायो
सारांश
२ असोज, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर नि...

२ असोज, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन–तीन जना गरी ६ जनाको संयुक्त टोली परिचालन गरी साहको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार