मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

त्रिशूली थ्री–‘ए’ सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि बाटो फेला

स
समाचार कक्ष
२०२६ अगस्ट ३०
6
0
त्रिशूली थ्री–‘ए’ सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि बाटो फेला
सारांश
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। नेपाली से...

नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टोली र सुरुङ विज्ञहरूले तीन दिनदेखि निरन्तर खोजी गरेपछि विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएका हुन्।

अब उक्त सुरुङमार्फत उद्धार विज्ञलाई भित्र पठाएर सुरुङभित्रको अवस्थाबारे जानकारी लिने तयारी भइरहेको छ। अधिकारीहरूले यही बाटोबाट फसेका कर्मचारीको उद्धार गर्न सकिने बताएका छन्।

उद्धार टोलीले यसअघि सुरुङभित्र हावा पुर्‍याउन पाँचवटा ड्रिलमार्फत प्वाल बनाएको थियो। अक्सिजन पुर्‍याउन सकिएकाले भित्र रहेका कर्मचारी सकुशल रहेको आशा गरिएको छ।

प्राधिकरणका अनुसार विद्युत् गृहको ओभरहलिङमा करिब ४०–४२ जना प्राविधिक तथा उच्च दक्ष जनशक्ति कार्यरत थिए। उनीहरू सुरुङभित्र फसेको अनुमान गरिएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार