मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

तारकेश्वरमा महिलाको शव झुण्डिएको अवस्थामा फेला, पहिचान खुल्न बाँकी

स
समाचार कक्ष
२०२५ जुलाई २१
4
0
तारकेश्वरमा महिलाको शव झुण्डिएको अवस्थामा फेला, पहिचान खुल्न बाँकी
सारांश
काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेलमैदानको बारमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाड...

काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेलमैदानको बारमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार, घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। "मृतकको पहिचान खुल्न बाँकी छ," एसपी बोहराले जानकारी दिए।

शव फेला परेको स्थानबाट एक मोबाइल फोन पनि बरामद गरिएको छ। मृतकले कालो रंगको कपडा, झोला र जुत्ता लगाएकी थिइन्।

प्रहरीले घटनाको प्रकृति र सम्भावित कारणबारे अनुसन्धान गरिरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार