मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

तारकेश्वरको घरभित्र चितुवा प्रवेश, दुई जना घाइते

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २२
6
0
तारकेश्वरको घरभित्र चितुवा प्रवेश, दुई जना घाइते
सारांश
काठमाडौं । काठमाडौँ महानगरसँग जोडिएको तारकेश्वर-९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवनक...

काठमाडौं । काठमाडौँ महानगरसँग जोडिएको तारकेश्वर-९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, स्थानीय बासिन्दाको घरमा प्रवेश गरेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनापछि चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको र वन कार्यालयको टोली बोलाएर थप नियन्त्रणको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार