मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

त्रिभुवन विमानस्थलमा गाँजासहित तीन भारतीय नागरिक पक्राउ

स
समाचार कक्ष
२०२६ जनवरी ५
6
0
त्रिभुवन विमानस्थलमा गाँजासहित तीन भारतीय नागरिक पक्राउ
सारांश
२१ पुस, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय नागरिकसहित गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान...

२१ पुस, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय नागरिकसहित गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ र यासिन अब्दुल्ला रहेका छन् । पदलालाई १ किलो ५३० ग्राम गाँजासहित विमानस्थलको आवगमन टनेलबाट नियन्त्रणमा लिइएको हो । उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।

उनले ल्याएको गाँजा लिन विमानस्थल पुगेका अब्दुल राहुफ र यासिन अब्दुल्लालाई पनि सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार