मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

तीन वर्षको प्रतीक्षापछि गुप्सीपाखामा हिमपात, उत्तरी गोरखा सेताम्मे

स
समाचार कक्ष
२०२६ जनवरी २९
6
0
तीन वर्षको प्रतीक्षापछि गुप्सीपाखामा हिमपात, उत्तरी गोरखा सेताम्मे
सारांश
काठमाडौं, माघ १५ - गोरखाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ। बिहानैदेखि लाप्राकसहितका विभिन्न स्थानमा परेको हिउँका कारण चुमनुब्री ...

काठमाडौं, माघ १५ - गोरखाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ। बिहानैदेखि लाप्राकसहितका विभिन्न स्थानमा परेको हिउँका कारण चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा बढी गाउँबस्ती सेताम्मे बनेका छन्।

धार्चे गाउँपालिकाअन्तर्गत लाप्राकस्थित गुप्सीपाखा र सिङ्लामा करिब तीन वर्षपछि हिमपात भएको हो। हिमपातसँगै उत्तरी गोरखाका लाप्राक र गुप्सीपाखा क्षेत्रमा हिउँ खेल्न पुग्नेहरूको चहलपहल बढ्न थालेको छ।

गोरखा भूकम्पपछि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले गुप्सीपाखामा करिब ६ सय वटा एकै डिजाइनका घर निर्माण गरेको थियो। हिमपातपछि बस्ती अझै मनमोहक देखिन थालेपछि पर्यटक तथा आन्तरिक घुमन्तेहरू आकर्षित भएका छन्। गुप्सीपाखा समुद्री सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित छ।

यद्यपि भारी हिमपातले भेडा, च्याङ्ग्रा, चौरी, खच्चड तथा घोडा पाल्ने कृषकलाई कठिनाइसमेत परेको छ। धारा जम्दा खानेपानीको समस्या देखिएको छ। तर हिउँ परेपछि गहुँ, जौ, आलु, फापरजस्ता बालीमा राम्रो उत्पादन हुने अपेक्षाले किसानहरू सन्तुष्ट देखिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार