मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

टेकु होटलमा बन्धक बनाइएका बोहराको सकुशल उद्धार, अपहरणमा ३ जना पक्राउ

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २५
6
0
टेकु होटलमा बन्धक बनाइएका बोहराको सकुशल उद्धार, अपहरणमा ३ जना पक्राउ
सारांश
काठमाडौँ – काठमाडौँको टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’मा बन्धक बनाइएका पूर्ण बहादुर बोहरालाई प्रहरीले सकुशल उद्धार गरेको छ। यस घटनामा संलग्न भएको आरोप...

काठमाडौँ – काठमाडौँको टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’मा बन्धक बनाइएका पूर्ण बहादुर बोहरालाई प्रहरीले सकुशल उद्धार गरेको छ। यस घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले होटलका कोठा नं. १०५ मा बोहरालाई अपहरण गरी कुटपिट गरिएको सूचनाका आधारमा उद्धार अभियान चलाएको थियो। प्रहरीले फपेन्द्र न्यौपाने, धनराज बस्नेत र होटल सञ्चालक शिव बहादुर घर्तीलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई अपहरण र शरीर बन्धक बनाएको आरोपमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार