मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

टी–२० विश्वकप छनोट: कुवेत र साउदी अरेबिया बने च्याम्पियन, ६ टोली क्षेत्रीय फाइनलमा

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
58
0
 टी–२० विश्वकप छनोट: कुवेत र साउदी अरेबिया बने च्याम्पियन, ६ टोली क्षेत्रीय फाइनलमा
सारांश

आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटमा कुवेत र साउदी अरेबिया च्याम्पियन बनेका छन्। मलेसियामा सम्पन्न प्रतियोगितामा उप...

आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटमा कुवेत र साउदी अरेबिया च्याम्पियन बनेका छन्। मलेसियामा सम्पन्न प्रतियोगितामा उपाधि जितेका दुवै टोलीले सन् २०२७ मा हुने एसिया क्षेत्रीय फाइनलमा स्थान सुरक्षित गरेका छन्।

सब–रिजनल छनोट ‘ए’ मा कुवेत पहिलो, बहराइन दोस्रो र कतार तेस्रो भए। त्यस्तै, छनोट ‘बी’ मा साउदी अरेबिया पहिलो, हङकङ दोस्रो र आयोजक मलेसिया तेस्रो स्थानमा रहे। यी ६ टोलीले अब एसिया क्षेत्रीय फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

छनोट ‘ए’ मा कुवेतका अदनान इद्रिस प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। छनोट ‘बी’ मा मलेसियाका विरानदीप सिंहले उत्कृष्ट खेलाडीको अवार्ड पाए।

कुवेतका कप्तान मोहम्मद अस्लमले उपाधि जित्नु टोलीका लागि गर्वको क्षण भएको बताए। स्पष्ट योजना, अनुशासित तयारी, खेलाडीमाथिको विश्वास र बलियो टोली संस्कृतिका कारण सफलता प्राप्त भएको उनको भनाइ छ।

त्यस्तै, साउदी अरेबियाका कप्तान वाजी उल हसनले यो उपलब्धि आफ्नो देशको क्रिकेटका लागि ऐतिहासिक भएको बताए। पहिलो आईसीसी प्रतियोगिताको उपाधि जित्नु टोलीको मेहनत र समर्पणको प्रतिफल भएको उनले उल्लेख गरे।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा आयोजित दुई छनोट प्रतियोगितामा १३ टोलीले कुल ३६ खेल खेलेका थिए।

अब एसिया क्षेत्रीय फाइनलबाट सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपालले भने सिधै ग्लोबल छनोट खेल्नेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार