मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

स्वर्गीय भुवन भट्टको सम्झनामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

M
Mero Nepal TV
55 मिनेट अगाडि
21
2
स्वर्गीय भुवन भट्टको सम्झनामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै
सारांश

कञ्चनपुर। स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबले आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्ने भएक...

कञ्चनपुर। स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबले आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

गोबरियास्थित पेट्रोल पम्प नजिकै रहेको द रोयल फुटसलमा सञ्चालन हुने प्रतियोगितामा कुल ८० हजार रुपैयाँ पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ।

खेलकुदमार्फत स्वर्गीय भट्टको सम्झनालाई जीवन्त राख्नुका साथै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने र आपसी मित्रता तथा एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी सामाजिक सेवासँग समेत जोडिने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न भएपछि सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम अनाथालय वा वृद्धाश्रमलाई सहयोग गरिनेछ। साथै, सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रमसमेत आयोजना गरिने तयारी छ।

खेलकुद र सामाजिक सेवालाई एकसाथ अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय युवाहरूलाई सामाजिक कार्यमा प्रेरित गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार