मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

शेखर गोल्छा प्रकरण : २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

स
समाचार कक्ष
२०२६ अप्रिल २८
8
0
शेखर गोल्छा प्रकरण : २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सारांश
काठमाडौं, १५ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश ...

काठमाडौं, १५ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेको विषयमा उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त आदेश दिएको हो। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूको नाममा २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले उक्त म्याद थपको अनुमति दिएको हो।

सीआईबीले गोल्छालाई गत बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। उनीमाथि भइरहेको अनुसन्धानको विषय भने हाल औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार