नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसअघि बुधबार ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने ३ हजार ५०० रुपैयाँले बढेको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी शुक्रबार प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो। बुधबार ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ, मंगलबार १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ तथा सोमबार ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।





