मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

संविधान संशोधन अध्ययन गर्न कांग्रेसको १६ सदस्यीय विज्ञ समिति पूर्ण, पुष्पा भुसालको संयोजकत्वमा काम सुरु

स
समाचार कक्ष
२०२६ अप्रिल १९
7
0
संविधान संशोधन अध्ययन गर्न कांग्रेसको १६ सदस्यीय विज्ञ समिति पूर्ण, पुष्पा भुसालको संयोजकत्वमा काम सुरु
सारांश
नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी अध्ययन तथा सुझाव दिन गठन गरेको विज्ञ समितिलाई पूर्णता दिएको छ। पार्टी उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा १६...

नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी अध्ययन तथा सुझाव दिन गठन गरेको विज्ञ समितिलाई पूर्णता दिएको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको हो।

पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको निर्णयअनुसार गठन गरिएको उक्त समितिमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरूलाई समावेश गरिएको छ। समितिले संविधानको कार्यान्वयनको क्रममा देखिएका चुनौतीहरू अध्ययन गरी आवश्यक सुधारका लागि सुझाव दिनेछ।

समितिमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी र ललितकुमार बस्नेतलगायत वरिष्ठ अधिवक्ताहरू सदस्य रहेका छन्।

त्यसैगरी अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि समितिमा सदस्यका रूपमा रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवाललाई दिइएको छ।

संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा यसको अभ्यासका क्रममा देखिएका समस्याहरू पहिचान गरी आवश्यक सुधारका लागि यो समिति गठन गरिएको कांग्रेसले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार