मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, नयाँ सरकार गठन भएको दुई महिनापछि प्रस्तुत

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
41
0
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, नयाँ सरकार गठन भएको दुई महिनापछि प्रस्तुत
सारांश

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको दुई ...

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेटकै आकारमा नयाँ बजेट ल्याएका हुन्। यसअघि तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन।

बजेटका लागि आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १० अर्ब २४ करोड रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, संघीय वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, अघिल्लो आर्थिक वर्षबाट बचत हुने रकमबाट ९ अर्ब ३५ करोड रुपैयाँ र संघीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड रुपैयाँ जुटाउने अनुमान गरिएको छ।

संघीय समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने अनुमान पनि बजेटमा गरिएको छ।

एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेपछि प्रदेशमा गठबन्धन सरकार गठन भएको थियो। नयाँ सरकार गठन भएको करिब दुई महिनापछि चालु आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार