मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुधन गुरुङमाथि छिट्टै छानबिन हुने : रवि लामिछाने

स
समाचार कक्ष
२०२६ अप्रिल २९
8
0
सुधन गुरुङमाथि छिट्टै छानबिन हुने : रवि लामिछाने
सारांश
काठमाडौँ, वैशाख १६ - राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले निवर्तमान गृहमन्त्री सुधन गुरुङ माथि छिट्टै छानबिन प्रक्रिया सुरु हुन...

काठमाडौँ, वैशाख १६ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया सुरु हुने बताएका छन्।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले छानबिनको प्रकृति र प्रक्रिया सम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार गुरुङले आफूमाथि पनि निष्पक्ष छानबिन गरिनुपर्ने माग राखेका छन्।

“छानबिन प्रक्रिया चाँडै अघि बढ्छ। कस्तो ढाँचामा छानबिन हुन्छ भन्नेबारे पनि हामी छिट्टै जानकारी दिनेछौँ,” लामिछानेले भने।

गुरुङ विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। सोही प्रकरणको सत्यतथ्य छानबिनका लागि प्रक्रिया अघि बढाउन लागिएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार