मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सात विषयमा प्रधानमन्त्रीको जवाफ कहिले आउँछ ? सांसद ध्रुवराज राईको प्रश्न

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
6
0
सात विषयमा प्रधानमन्त्रीको जवाफ कहिले आउँछ ? सांसद ध्रुवराज राईको प्रश्न
सारांश
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो पार्टीले प्रतिनिधिसभामा उठाएका सात विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ कहिले आउँछ भ...

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो पार्टीले प्रतिनिधिसभामा उठाएका सात विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ कहिले आउँछ भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट विभिन्न सात विषय उठाएका राईले मंगलबार बैठक सुरु भएलगत्तै ती विषयमा सरकारको जवाफ माग दोहोर्‍याएका हुन् ।

राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै सरकार प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ भनेर सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले गरिरहेको कामबारे पनि जवाफ मागेका छन् ।

त्यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको घटना, राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ तथा पछिल्लो समय भएका आत्मदाहका घटनाबारे पनि प्रधानमन्त्रीसँग जवाफ मागिएको उनले बताए ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार