मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सात घण्टे वार्ता र मध्य मार्ग: ऋषि धमलाले देशलाई जेनजी आन्दोलनपछि निकास दिलाए?

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १३
6
0
सात घण्टे वार्ता र मध्य मार्ग: ऋषि धमलाले देशलाई जेनजी आन्दोलनपछि निकास दिलाए?
सारांश
काठमाडौं - आम जनता पार्टीका नेता ऋषि धमलाले जेनजी आन्दोलनपछि देशलाई संविधानभित्रैबाट निकास दिलाउन आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। पार्ट...

काठमाडौं - आम जनता पार्टीका नेता ऋषि धमलाले जेनजी आन्दोलनपछि देशलाई संविधानभित्रैबाट निकास दिलाउन आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा धमलाले भने कि, सुधन गुरुङसहित जेनजी प्रतिनिधिसँग सात घण्टा लामो वार्ता पछि उनले राष्ट्रपतिलाई समाधानका लागि सुझाव दिएका थिए।

उनले थपे, “जेनजी आन्दोलनपछि देश अन्योलमा थियो र कर्फ्यू लगाइएको थियो। मैले सबै पक्षका नेताहरूलाई एकै ठाउँमा बोलाएर वार्ता गरें। प्रधानसेनापति र राष्ट्रपतिले पनि वार्तामा सहभागी हुनुभयो। मैले संविधान र लोकतन्त्रको रक्षा गर्दै मध्य मार्ग अपनाएर सम्झौता गर्न सुझाव दिएँ। त्यसपछि सम्झौता भएको र सुशीला कार्की प्रधानमन्त्री बनिन्।”

थप रूपमा, उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई आफ्नो सुझाबले सम्बोधन गरेको पनि उल्लेख गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार