मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न- न्युयोर्क भ्रमणबारे जानकारी गराउने योजना छ कि छैन ?

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
6
0
संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न- न्युयोर्क भ्रमणबारे जानकारी गराउने योजना छ कि छैन ?
सारांश
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किए पनि भ्रमणबारे संसदलाई औपचारिक जानकारी नगराइएको विषय प्रतिनिधिस...

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किए पनि भ्रमणबारे संसदलाई औपचारिक जानकारी नगराइएको विषय प्रतिनिधिसभामा उठेको छ ।

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले मंगलबार सदनमा बोल्दै प्रधानमन्त्रीको विदेश भ्रमणअघि उद्देश्य, एजेण्डा र राष्ट्रहितका प्राथमिकताबारे तथा स्वदेश फर्किएपछि भ्रमणका उपलब्धि र महत्वपूर्ण भेटवार्ताबारे संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् ।

उनले प्रधानमन्त्री प्रतिनिधिसभाबाट निर्वाचित कार्यकारी प्रमुख भएकाले विदेश भ्रमणका विषयमा संसद्प्रति जवाफदेही हुनुपर्ने धारणा राखिन् । यस्तो जानकारी नदिँदा सरकार संसद्प्रति जवाफदेही नभएको सन्देश जाने उनको भनाइ थियो ।

हालसम्म उक्त भ्रमणबारे प्रधानमन्त्रीले प्रतिनिधिसभामा औपचारिक जानकारी नदिएको विषयलाई सांसद हमालले सदनमा उठाएकी हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार