मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने वचन स्वर्णिम वाग्लेको

स
समाचार कक्ष
२०२६ मार्च २६
8
0
सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने वचन स्वर्णिम वाग्लेको
सारांश
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदको रूपमा शासकीय सुधार र जनताको सेवा गर्न इमानदार प्रयास गर्ने ...

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदको रूपमा शासकीय सुधार र जनताको सेवा गर्न इमानदार प्रयास गर्ने बताएका छन्।

बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका वाग्लेले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै तनहुँका जनताको आकांक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘सांसदको रूपमा सुधार गर्न एकदमै इमानदार प्रयास गर्छौँ,’ वाग्लेले भने, ‘हाम्रो वाचापत्रअनुसार काम गर्ने योजना बनाएका छौँ।’

उहाँले थपे, ‘तनहुँका दाजुभाइ–दिदीबहिनीहरूले मलाई बढीभन्दा बढी मत दिएर जिताएर पठाउनुभएको छ। त्यसैले देशको सुशासन, समृद्धि, तनहुँको विकास निर्माण र जनताको समृद्धिको लागि काम गर्छु।’

साथै, अर्थमन्त्री पदको सम्भावना सम्बन्धी प्रश्नमा वाग्लेले कुनै प्रत्यक्ष उत्तर दिनुभएन।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार