मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सांसद विराजभक्त श्रेष्ठद्वारा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति आलोचना

स
समाचार कक्ष
२०२५ अगस्ट २५
4
0
सांसद विराजभक्त श्रेष्ठद्वारा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति आलोचना
सारांश
भदौ ९, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारले तयारीबिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथि...

भदौ ९, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारले तयारीबिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको अन्याय भएको टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै श्रेष्ठले सवारी साधन किन्दा सवारीधनीले पहिले नै नम्बर प्लेटको शुल्क तिरेको हुँदा नयाँ प्रणालीको नाममा गरिएको शुल्क असुली जनताको आर्थिक शोषण सरह भएको आरोप लगाए।

“अझै लाखौँ नागरिकलाई चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न नसकेको सरकारले अब जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लागू गर्न लागेको छ, जुन जनभावनाविपरीत छ,” उनले भने।

सांसद श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट जस्ता प्रणाली लागू गर्नु अघि आवश्यक पूर्वाधार निर्माण, प्राविधिक तयारी, र यसको औचित्यबारे स्पष्टता जरुरी रहेको औँल्याए। साथै उनले नेपाली भाषा र लिपिको संवेदनशीलता नहेरी सरकारले निर्णय लिएकोप्रति असन्तुष्टि जनाएका छन्।

इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनलाई लिएर नागरिक तहमा समेत आलोचना बढिरहेका बेला सांसद श्रेष्ठको यो टिप्पणी सरकारप्रतिको असन्तुष्टिको प्रतिनिधि स्वरका रूपमा आएको देखिन्छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार