मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय, संसदीय सहमति अघि बढ्ने संकेत

स
समाचार कक्ष
२०२६ अप्रिल १६
7
0
सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय, संसदीय सहमति अघि बढ्ने संकेत
सारांश
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय ग...

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा बैठकले संसदीय अभ्यासअनुसार लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने निष्कर्ष निकालेको हो।

कांग्रेसभित्र भने लेखा समिति सभापति पदका लागि प्रतिस्पर्धा देखिएको छ। सो पदका लागि सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा व्यक्त गरेका छन्।

कांग्रेस नेतृत्वले भने रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई सभापति बनाउन चाहेको चर्चा छ। यसअघि कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले पनि लेखा समितिको सभापतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो।

उक्त बैठकमा नेकपा एमाले लगायतका दलका नेताहरूको पनि सहभागिता रहेको बताइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार