मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सर्वोच्चको आदेशपछि ओेली–लेखक रिहा हुँदै: मुद्दा दर्ता नगर्ने सहमति

स
समाचार कक्ष
२०२६ अप्रिल ९
8
0
सर्वोच्चको आदेशपछि ओेली–लेखक रिहा हुँदै: मुद्दा दर्ता नगर्ने सहमति
सारांश
काठमाडौँ, २६ चैत - प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनु...

काठमाडौँ, २६ चैत - प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज रिहा हुने भएका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई छोड्ने तयारी गरिएको स्रोतले जनाएको छ। यसअघि जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो।

तर, अनुसन्धानपछि मुद्दा दायर गर्न पर्याप्त प्रमाण नदेखिएको निष्कर्षमा पुग्दै महान्यायाधिवक्ता कार्यालयले रिहा गर्ने निर्णय लिएको बताइएको छ।

सर्वोच्च अदालतले उनीहरूविरुद्ध मुद्दा दायर गर्न वा चैत २६ गतेभित्र रिहा गर्न निर्देशन दिएको थियो। त्यसपछि प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीच मुद्दा अघि नबढाउने सहमति जुटेको जनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार