मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल पुनः तयार

स
समाचार कक्ष
२०२६ जनवरी ६
6
0
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल पुनः तयार
सारांश
काठमाडौँ । सर्वोच्च अदालतमा आगजनीका कारण जलेका मुद्दामध्ये १० हजारभन्दा बढी मुद्दाका मिसिल पुनः तयार पारिएको छ । सर्वोच्च अदालतमा दर्ता भएका कुल २४ हज...

काठमाडौँ । सर्वोच्च अदालतमा आगजनीका कारण जलेका मुद्दामध्ये १० हजारभन्दा बढी मुद्दाका मिसिल पुनः तयार पारिएको छ ।

सर्वोच्च अदालतमा दर्ता भएका कुल २४ हजार मुद्दामध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा करिब २० हजार मुद्दाका मिसिल आगलागीमा परेर जलेका थिए । उक्त घटनामा करिब चार हजार मिसिल मात्र सुरक्षित रहेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था र महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कागजातका आधारमा हालसम्म १० हजार ३४० मुद्दाका मिसिल पुनः तयार पारिएको छ ।

आगलागीमा जलेका मुद्दाका मिसिल पुनः संकलन र पुनर्निर्माणका लागि सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन तथा सम्बन्धित मुद्दाका पक्षहरूसँग सहयोग मागेको थियो । सोहीअनुसार आवश्यक कागजात संकलन गर्ने काम निरन्तर भइरहेको अदालतले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार