मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुरक्षित निर्वाचन रणनीतिसहित प्रचण्ड रुकुमपूर्वतर्फ, मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता

स
समाचार कक्ष
२०२६ जनवरी १९
7
0
सुरक्षित निर्वाचन रणनीतिसहित प्रचण्ड रुकुमपूर्वतर्फ, मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता
सारांश
काठमाडौं, ५ माघ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ रुकुमपूर्व प्रस्थान गर्दैछन्। २१ फागुनमा हुने प्रतिनिधि ...

काठमाडौं, ५ माघ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ रुकुमपूर्व प्रस्थान गर्दैछन्। २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आजै त्यसतर्फ जान लागेका हुन्।

मंगलबार उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची रहेकाले प्रचण्डको स्वागत र कार्यक्रम व्यवस्थापनका लागि नेकपा रुकुमपूर्वले सबै तयारी पूरा गरिसकेको जनाएको छ। पार्टीका अनुसार सोमबार रुकुमपूर्व पुग्ने प्रचण्डले मंगलबार विशेष तामझामका साथ मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्ड मंगलबार उम्मेदवारी दर्ता गरेपछि बुधबार मात्र काठमाडौं फर्कनेछन्। यस अवधिमा उनले जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै राजनीतिक छलफल र परामर्शसमेत गर्ने कार्यतालिका छ।

२०७९ सालको निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक भने जनयुद्धको ऐतिहासिक आधारभूमि मानिने रुकुमपूर्वलाई निर्वाचन क्षेत्रका रूपमा रोज्दै सुरक्षित राजनीतिक आधार खोजेको विश्लेषण गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार