मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुरक्षा थ्रेटपछि पूर्वप्रधानन्यायाधीश जबरा टेकुमा राखिए

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २७
6
0
सुरक्षा थ्रेटपछि पूर्वप्रधानन्यायाधीश जबरा टेकुमा राखिए
सारांश
काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं उपत्यक...

काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेको छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई राति नै कार्यालयमा ल्याइएको हो। सुरक्षा थ्रेटका कारण उनलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

जबरालाई नियन्त्रणमा लिनुअघि अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनीविरुद्ध कुनै आपराधिक मुद्दा अघि बढाउने योजना नरहेको र उनलाई छाडिने बताइएको छ।

प्रहरी नियन्त्रणमा लिएपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरी जानकारी गराएका थिए। प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजीबाट सुरक्षा थ्रेट रहेको’ भन्दै उनलाई टेकु ल्याएको बताएका छन्।

जबरालाई भेट्न परिवारका सदस्य टेकु पुगेका छन्। प्रहरीले भने उनलाई सुरक्षा चुनौतीका कारण सुरक्षित राखिएको जनाएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार