सरकारले विभिन्न १३ वटा देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको जनाएको छ।
सिफारिस गरिएका नामहरू अब संसदीय सुनुवाइका लागि पठाइनेछन्। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो (Agrément) माग गरिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
प्रस्तावित राजदूतहरूको सूची:
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया
सरकारको सिफारिसअनुसार प्रक्रिया अघि बढेमा भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियामा नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।





