मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सरकारले सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १६
6
0
सरकारले सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव
सारांश
सरकारले हाल आमालाई दिइँदै आएको ९० दिनको सुत्केरी बिदालाई बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव गरेको छ। त्यस्तै, बाबुलाई दिइने १५ दिनको बिदा बढाएर ४२ दिन ...


सरकारले हाल आमालाई दिइँदै आएको ९० दिनको सुत्केरी बिदालाई बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव गरेको छ। त्यस्तै, बाबुलाई दिइने १५ दिनको बिदा बढाएर ४२ दिन पुर्‍याउने तयारी गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भइसकेको छ। अब मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा लैजाने तयारी मन्त्रालयले गरेको छ।

प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा र बाबुलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था राखिएको मन्त्री गौतमले बताएकी छन्।

मन्त्रालयका अनुसार व्यस्त जीवन, कामको चाप र बदलिँदो जीवनशैलीका कारण धेरै परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन्। यस्तो अवस्थामा बच्चा जन्मिएपछि अभिभावकलाई नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउन सहज बनाउने उद्देश्यले बिदा अवधि बढाउने प्रस्ताव गरिएको हो।

मन्त्री गौतमले मातृत्व र अभिभावकत्वका विषयमा यसलाई महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा व्याख्या गरेकी छन्। बच्चा जन्माउने प्रक्रिया आमासँग प्राकृतिक रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई आमाबाबु दुवैको साझा दायित्व भएको उनको भनाइ छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार