मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सरकारको नयाँ निर्देशन: अब सबै कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य, १५–१५ दिनमा प्रमाणित गर्नुपर्ने

स
समाचार कक्ष
२०२६ अप्रिल २३
6
0
सरकारको नयाँ निर्देशन: अब सबै कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य, १५–१५ दिनमा प्रमाणित गर्नुपर्ने
सारांश
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। मन्त्...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारीहरूको उपस्थितिको अभिलेख राख्न अबदेखि पूर्ण रूपमा डिजिटल प्रणाली प्रयोग गर्नुपर्ने व्यवस्था लागू गर्न भनेको हो।

निर्देशनअनुसार कार्यालयमा कार्यरत प्रत्येक कर्मचारीको दैनिक आगमन र प्रस्थान समय विद्युतीय हाजिरी प्रणालीमार्फत नै अनिवार्य रूपमा रेकर्ड गर्नुपर्नेछ। यदि प्रणाली लागू नभएको अवस्थामा पनि उपस्थिति विवरण डिजिटल रूपमा अभिलेख गर्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।

त्यसैगरी, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्नुपर्ने निर्देशन पनि दिइएको छ।

मन्त्रालयले यो व्यवस्था कार्यान्वयनले सरकारी सेवामा पारदर्शिता, जवाफदेहिता र अनुशासन थप मजबुत हुने अपेक्षा गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार