मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सरकारका निर्णयविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने नेकपाको घोषणा

स
समाचार कक्ष
२०२६ मे ११
7
0
सरकारका निर्णयविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने नेकपाको घोषणा
सारांश
काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा बैठकमा सरकारका पछिल्ला निर्णयविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ। आज बसेको सं...

काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा बैठकमा सरकारका पछिल्ला निर्णयविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकमा सरकारका विभिन्न कदमबारे विस्तृत छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

उनका अनुसार, नेकपाले संसद् बैठकमा सुकुम्वासी समस्याको तत्काल र प्रभावकारी समाधान गर्नुपर्ने, संसद् छल्दै ल्याइएका अध्यादेशहरू, प्रतिनिधि सभा नियमावलीमा रहेका विवादास्पद प्रावधानहरू संशोधन गर्नुपर्ने तथा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया जस्ता विषयहरूलाई उठाउने तयारी गरेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ल्याएका अध्यादेश तथा सुकुम्वासी बस्तीमा गरिएको डोजर कारबाहीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरू एकै ठाउँमा उभिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार