मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सिरहामा टिपर सफा गर्दै करेन्ट लाग्दा चालकको मृत्यु

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २७
6
0
सिरहामा टिपर सफा गर्दै करेन्ट लाग्दा चालकको मृत्यु
सारांश
सिराहा, १५ फागुन - सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय सन्...

सिराहा, १५ फागुन - सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय सन्तोष साह, मनिक लाल साहका छोरा, रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरी पानी ओछ्याउने क्रममा हाइटोली (ढाला) उठाउँदा गाडीको पछाडिको भागमा रहेको विद्युत तारमा छोइँदा करेन्ट लागेको थियो। करेन्ट लाग्दा गाडीको केही भागमा आगलागीसमेत भएको थियो।

घटनापछि चालक साहले तत्काल हाम फालेको तर गम्भीर घाइते अवस्थामा उनलाई स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार