मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’को नेपालमा कीर्तिमानी सुरुआत, पहिलो दिनमै झण्डै २ करोड रुपैयाँ कमाइ

स
समाचार कक्ष
२०२६ जुलाई ३१
6
0
‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’को नेपालमा कीर्तिमानी सुरुआत, पहिलो दिनमै झण्डै २ करोड रुपैयाँ कमाइ
सारांश
काठमाडौं, १५ साउन — हलिउड फिल्म ‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’ ले नेपाली बक्स अफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको नयाँ कीर्तिमान कायम गरेको छ।...

काठमाडौं, १५ साउन — हलिउड फिल्म ‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’ ले नेपाली बक्स अफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको नयाँ कीर्तिमान कायम गरेको छ।

बिहीबार देशभर प्रदर्शनमा आएको फिल्मले पहिलो दिन १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाइ गरेको छ। केही चलचित्र हलको कारोबार विवरण आउन बाँकी रहेकाले पहिलो दिनको कुल कमाइ २ करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

वितरण पक्षका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म आगामी दिनका अग्रिम टिकट बिक्रीसमेत जोड्दा फिल्मको कुल ग्रस आम्दानी ३ करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ पुगेको छ।

योसँगै नेपाली बक्स अफिसमा कुनै पनि हलिउड चलचित्रले यसअघि हासिल गर्न नसकेको स्तरको ओपनिङ कमाइ गर्दै ‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ।

उता, अन्तर्राष्ट्रिय मनोरञ्जन सञ्चारमाध्यमहरूका अनुसार पनि फिल्मले विश्व बजारमा सोनी पिक्चर्सका चलचित्रमध्ये दोस्रो ठूलो सप्ताहन्त ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार