संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् ।
यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरुले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग राखेका थिए ।
कतिपय कोट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ ।
सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरुको सुनुवाइ जारी छ । सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतको सुनुवाइ भएको थियो ।
आज बाँकी देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदैछ ।






