मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सिन्धुलीका एकै परिवारका १६ जना सम्पर्कविहीन, अन्तिम मोबाइल लोकेसन रामेछापमा

स
समाचार कक्ष
२०२५ जुलाई २८
5
0
सिन्धुलीका एकै परिवारका १६ जना सम्पर्कविहीन, अन्तिम मोबाइल लोकेसन रामेछापमा
सारांश
१२ साउन, काठमाडौं — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य सोमबार बिहानदेखि सम...

१२ साउन, काठमाडौं — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। बेपत्ता परिवारको मोबाइल ट्रेस गर्दा रामेछाप नगरपालिका–९ सिमन्दीछापमा अन्तिम लोकेसन देखिएको खुलेको छ।

बेपत्ता भएका सबै सदस्य उर्मिला हायूको परिवारका हुन्। मोबाइल अफ हुनुअघि देखिएको अन्तिम लोकेसनकै आधारमा उनीहरू त्यही क्षेत्रमा रहेको हुन सक्ने आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

तर, रामेछापको सिमन्दीछाप क्षेत्रको मोबाइल टावरले सिन्धुलीको सीमावर्ती क्षेत्रमा कभरेज दिने भएकाले लोकेसन त्यहाँ देखिएको हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोलाकुमार भट्टका अनुसार टावरको कभरेजको कारण भ्रम हुन सक्ने भए पनि सुरक्षा टोली सो क्षेत्रतर्फ खटिएको छ।

विशेषगरी हायू समुदायको बाहुल्यता रहेको रामेछाप नगरपालिका–८ र ९ का प्रत्येक घरमा प्रहरी टोलीले खोजी कार्य थालेको छ। परिवारको एकैपटक सम्पर्कविहीन हुनु र अहिलेसम्म कुनै सूचना नआउनुले स्थानीयवासी र सुरक्षाकर्मीहरू चिन्तित बनेका छन्।

प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार