मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुनिता डंगोलको निर्देशनपछि सुकुमबासी हटाइएको ठाउँमा तारबार सुरु हुने

स
समाचार कक्ष
२०२६ अप्रिल २७
6
0
सुनिता डंगोलको निर्देशनपछि सुकुमबासी हटाइएको ठाउँमा तारबार सुरु हुने
सारांश
काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाएर खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि थप कदम चाल्ने भएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले ती क्षे...

काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाएर खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि थप कदम चाल्ने भएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले ती क्षेत्रको सुरक्षा सुनिश्चित गर्न तत्काल तारबार गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन्।

थापाथलीस्थित बागमती नदी किनारको स्थलगत निरीक्षणका क्रममा उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाल खाली गरिएका तथा आगामी दिनमा खाली गराइने स्थानहरूको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिन्।

महानगरका अनुसार ती क्षेत्रमा तारबार गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायत सम्बन्धित निकायसँग समन्वय गरिनेछ भने सार्वजनिक निर्माण विभागमार्फत काम अगाडि बढाइने तयारी गरिएको छ।

यसैबीच, कार्यवाहक मेयर डंगोलले सुकुमबासीका लागि निर्माण गरिएको नागार्जुनको इचङ्गुस्थित आवास क्षेत्रको पनि निरीक्षण गरेकी छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार