२१ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिन थालेको व्यवसायीहरूको भनाइ छ।





